ताप्लेजुङबाट पहिलोपटक एक जनाले लिए गैरआवासीय नेपाली नागरिकता

ताप्लेजुङबाट पहिलोपटक एक जनाले लिए गैरआवासीय नेपाली नागरिकता

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशालकुमार सिटौलाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सोमबार नागरिकता प्रदान गरेकी हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार ताप्लेजुङबाट नागरिकता लिने उनी पहिलो गैरआवासीय नेपाली बनेका छन् ।

स्थानीय तहको सिफारिस, नेपाली नागरिकता त्यागेको निवेदन, नेपाली नागरिकता त्यागेको निस्सा पेस गरेको भट्टराईले बताए । परिवारका सदस्यले सनाखत गर्नु पर्ने भएकाले गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत भएका विश्वनाथ सिटौलाले सनाखत गरिदिएको प्रशासन कार्यालयले जनाएको छ । सिटौलाले नर्वेको विश्वविद्यालमा प्राध्यापन तथा लेखनको काम गर्दै आएको जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण गरेपछि र भदौमा मन्त्रिपरिषदले नियमावली पारित गरेपछि गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com