
लण्डन् । टेक्सस स्थित घरमै मृत फेला परेका समाजसेवी कृष्ण लामिछानेको आउने शुक्रवार अन्त्येष्टि गरिने भएको छ । परिवारको सहमतिमा स्वर्गिय लामिछानेको मार्च २४ तारिक शुक्रवार बिहान ९ बजे देखि ११ बजेसम्म अन्त्येष्टि गर्ने तयारी गरिएको हो ।
स्वर्गिय लामिछानेको अन्त्येष्टि हिन्दु परम्परा अनुसार गरिने पारिवारिक बतााएको छ। लामिछानेको ह्युजेस फेमिली ट्रिबुट सेन्टरमा अन्त्येष्टि गरिने छ ।
लामिछाने मंगलवार सांझ कोपेलस्थित आफ्नै घरमा मृत फेला परेका थिए । उनको पार्थिक शरीरलाई प्रहरीले परिवारलाई वुझाएपछि शवगृहमा राखिएको छ । स्थानिय प्रशासनले पोष्टमार्टम रिपोर्ट दिन बांकी छ ।
समाजसेवी लामिछानेको असामान्य निधनप्रति नेपाली समाज सोकमग्न भएको छक्ष् समाजिक संजालमा नेपाली समुदायका सदस्यहरुले शोक व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरिरहेका छन् ।