
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले भेट गरेका छन् ।
गैर आवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहेपनि त्यसको सुरक्षाको प्रत्याभुति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ ।
आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि शुरु गरिएको एनआरएनएले जनाएको छ ।