आरके र श्रेष्ठले लगानी गरेका एनआरएन एनसीसीहरु वक्तव्य अभियानमा

चुनावमा पैसाले लिएका कुन कुन हुन् ?
आरके र श्रेष्ठले लगानी गरेका एनआरएन एनसीसीहरु वक्तव्य अभियानमा

अष्ट्रिया । नेपाली उखानजस्तै आमाको दुधले पुगेन् वुवाको घुडा भने जस्तै गैरआवासीय नेपाली संघको गत निर्वाचनमा पराजित समूहले संघका राष्ट्रिय समितिहरुलाई उचालेर संघलाई तलै सम्म फुटाउने अभियानमा लागेका छन् ।

संघको ११ औं महाधिवेसनमा अध्यक्षका प्रत्यासीहरु महेश श्रेष्ठ र आरके शर्माबाट आर्थिक सहयोग बुझेर सदस्यता वितरण गरेका राष्ट्रिय समितिका अध्यक्षहरुले कार्यसमितिको सहमति विना वक्तव्य जारी गर्दै संघको केन्द्रीय नेतृत्वलाई चुनौति दिन थालेका छन् । पछिल्लो समयमा गैरआवासीय नेपाली संघ इटाली, बेल्जियम र अष्ट्रियाले शर्मा र श्रेष्ठको नुनको सोझो गर्न थालेका हुन् ।

संघको निर्वाचनमा धाँधली भयो भन्दै समाज फुटाउन हिडेको सो समूहले समस्या समाधान गर्नु भन्दा अब एनसिसि फुटाएर विवाद चर्काउन तिर अग्रसर भएका छन।

केन्द्रिय विधानलाई साक्षी राखेर निर्वाचित भइ पदाधिकारी बनेका एनसीसीहरु विभिन्न विज्ञप्ति निकालेर केन्द्रमा थप समस्या पार्न अग्रसर भएको देखिन्छ। चरणबद्ध रुपमा विज्ञप्ति निकाल्ने होडमा आज आफ्नो फेसबुक मार्फत एनआरएन अष्ट्रियाले केन्द्रसँग आफ्नो सम्बधन खारेज गरेको घोषणा गरेको छ।

कार्यसमितिमा सल्लाह नै नगरी एकोहोरोरूपमा आफूखुशी विज्ञप्ति सार्वजनिक गरेको तथ्य नाम गोप्य राख्ने सर्तमा एक पदाधिकारीले बताए।

निर्वाचन पर्यवेक्षेक समेत रहेका र संघमा लामो समय देखि आबद्ध एनआरएन अष्ट्रियाका पुर्व अध्यक्ष बिनोद चौलागाईंका अनुसार आफुले समर्थन गरेका अध्यक्ष उम्मेदवार उपविजेता बनेको र उनैलाई खुशी पार्न अष्ट्रियाको नेपाली समाजको नाममा वर्तमान अध्यक्ष महासचिव लगायतका केहि पदाधिकारी विज्ञप्तिको बचाऊमा लागेका छन् ।

गैरआवासीय नेपाली संघको विद्यान अनुरुप केन्द्रको निर्देशन नमान्ने एनसीसीको सम्बन्धन खारेज हुने व्यवस्था छ । यसअघि संघको १० औं महाधिवेसनमा एनआरएनए यूकेका अध्यक्षमा निर्वाचित प्रेम गाहामगरले संघको निर्देशन नमाने पछि तत्कालिन अध्यक्ष कुल आचार्यले उनको समिति खारेज गरेर सुनिलबाबु खड्कालाई अध्यक्ष बनाएका थिए । आचार्यले स्थापित गरेको नजिर अनुसार एनआरएनए बेल्जियम, अष्ट्रीया र इटालीका समितिहरु खारेजी तिर लागेका बताइन्छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रीयाका अध्यक्ष विनोद चौलागाईले सामाजिक एकता कायम राख्ने भन्दै संघको पुर्नरगठनको अभियान थालेका छन् । एनआरएनए अष्ट्रियाका अध्यक्ष ध्रुव पौडेलले केन्द्रको निर्देशन नमानेमा चौलागाईको नाममा तर्दश समिति गठन गर्ने तयारी गरिएका छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com