
टोकियो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी जापान आउने भएका छन् ।
गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापाका अनुसार डा. केसी बुधवार दिउंसो नारिता विमानस्थलमा उत्रिने तयारी गरेका छन् ।
डा. केसीले शुक्रवार पाँचौ विश्व स्वास्थ्य सम्मेलनको उद्धघाटन गर्ने भएका छन् । सोही दिन साँझ गैरआवासीय नेपाली संघ जापानले उनको स्वागतमा रात्री भोजको आयोजना गर्ने भएको छ । डा.केसीले जापानमा रहदा यहाँस्थित गैरआवासीय नेपालीहरुसंग अन्तरक्रिया गर्ने तयारी गरेका छन् ।
उनले शनिवार एनआरएनए ओशाका क्षेत्रीय समितिको कार्यक्रममा सहभागी हुनेछन् । आइतवार उनी दक्षिण कोरियामा पुग्ने छन् ।