
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)अष्ट्रेलिया संयोजक दिनेशराज जोशीले आफूलाई संघको कोषाध्यक्ष समूहले धम्की पत्र लेखेको भन्दै आपत्ती जनाएका छन् ।
संघका कोषाध्यक्ष फडिन्द्र पन्तले विधान अनुरुप बुझाउनु पर्ने लेवी नतिरेको पत्रमा धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै उनले विरोध जनाएका हुन् । पत्रमा पदाधिकारी शुल्क नतिरेमा विधान अनुरुप हुने उल्लेख छ ।
जोशीले यसअघिनै पत्रको उत्तर दिए पनि फेरि धम्की पुर्ण इमेल देख्दा मलाइ बडो दुख लागेको भन्दै खेद व्यक्त गरेका छन् । जोशीले सदस्यता शुल्क केका लागि हो भन्दै प्रतिप्रश्न गरेका छन् ।
उनले संघको पदाधिकारी मनोनयन हुन नसेको प्रति गुनासो समेत गरेका छन् ।
जोशीले तत्कालिन निर्बाचन आयोग मा सबै प्रकृया पूरा गरेर क्षेत्रीय संयोजक भएको जिकीर गरेका छन् । उनले कारबही गर्छु भनेर पत्र लेख्नु धम्की भएको दावी गरे ।