एनआरएनए निर्वाचन : दुई डाक्टरबीच मुख्य प्रतिस्पर्धा, आदी दर्जन आकांक्षी

एनआरएनए निर्वाचन : दुई डाक्टरबीच मुख्य प्रतिस्पर्धा, आदी दर्जन आकांक्षी

काठमाडौं । तत्कालिन सत्ता गठबन्धको चरण हस्तक्षेपले विभाजनको संघारमा पुगेको गैरआवासीय नेपाली संघभित्र प्रचण्ड नेतृत्वको गठबन्धन सरकार आएपछि एकताको सम्भवना बढ्दै गएको छ ।

गैरआवासीय नेपाली संघको गत वर्ष सम्पन्न १० औं महाधिवेशनमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा परराष्ट्र मन्त्रालयले पटक पटक गैरकानूनी रुपमा हस्तक्षेपकारी पत्राचार गरेपछि संघको विवादले चरम रुप लिएको थियो । संघमा तीनवटा अध्यक्ष बनाएर टालटुल गरेर अधिवेशन सकिएको जगजाहेर छ । त्यत्ति मात्र होइन संघका पूर्वअध्यक्ष शेष घलेले छुट्टै भेला आयोजना गरे ।

गैरआवासीय नेपाली संघका एक उच्च पदाधिकारीका अनुसार वर्तमान प्रचण्ड नेतृत्वको सरकारले संघको निर्वाचनमा नेपाली कांग्रेसको सरकारले जस्तो हस्तक्षेप नगर्ने अपेक्षा गरिएको छ ।

१० औं महाधिवेशनमा गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसले गरेको हस्तक्षेपबिरुद्ध पटक पटक संसददेखि सदनसम्म विरोध जनाएका नेकपा एमालेका अध्यक्ष केपी ओली संघलाई स्वतन्त्र रुपमा छोड्न् पर्ने पक्षमा छन् । उनैको सिफारिसमा परराष्ट्र मन्त्रालयको नेतृत्व समालेकी मन्त्री बिमला राई पौडेल आएपछि संघका पदाधिकारीहरुले राहत महशुस गरेका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा। सूर्य पाठकले गैरआवासीय नेपाली संघको निर्वाचनमा पार्टी र सरकारले कुनै हस्तक्षेप नगर्ने दावी गर्छन् । उनले भने ‘हिजोको सरकारले गरेका कमीकमजोरीलाई सुधारेर जानुपर्छ । एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमै सामाजिक संस्थामा हस्तक्षेप गर्नुहुन्न भन्नु भएको छ । नेकपामा एमालेको समाजिक तथा स्वायत्त संस्थामा हस्तक्षेप गर्ने कुनै नीति छैन्’ । गैरआवासीय नेपाली संघका पूर्व सल्लाकार डा। पाठकले एनआरएनएको निर्वाचन पार्टी र सरकारको चासोको विषय नभएको बताए । उनले निर्धक्क भएर विधानअनुरुप निर्वाचनको तयारीमा जुट्न आग्रह गरे ।

नेकपा ९एमाले० की राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बनेकी हुन् । २०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन् । २०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ ।

एनआएनएको निर्वाचन तयारी यस्तो छ

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन आगामी अक्टोवर महिनामा हुने निश्चित छ । संघका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी, कुल आचार्यले संघको आगामी नेतृत्वमा निर्वाचनबाटै गर्ने उद्घोषसहित संघको विधान संसोशन गरेका छन् । गैरआवासीय नेपाली संघको अगामी निर्वाचनमा अनलाइन तथा प्रत्यक्ष हुने गरी विधान संशोधन गरिएको छ तर संघको गत निर्वाचनमा भएको सरकारी हस्तक्षेपको स्मरण गर्ने केही पदाधिकारीहरु पुनः निर्वाचन हुनेमा आशंका गर्छन् ।

राष्ट्रिय समितिमा निर्वाचन तयारी सुरु

गैरआवासीय नेपाली संघको विधानअनुरुप संघका विश्वभर छरिएका ८४ देशमा रहेका शाखामा आगामी जुलाई महिनाभित्र नयाँ निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ । सोही अनुरुप संघका केही राष्ट्रिय समितिले निर्वाचनको प्रकृया अघि बढाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार जापान, बेलायत, बेल्जियम, कोरियालगायतका देशले सदस्यता वितरण सुरु गरेका छन् ।

अध्यक्षमा धेरै आकांक्षी, प्यानल नबनाउन दवाव

अघिल्लो वर्षको कात्तिकमा हुनुपर्ने भए पनि विवादका कारण गत वर्षको चैत दोस्रो साता मात्रै एनआरएनएको महाधिवेशन र निर्वाचन सम्पन्न भएको हो । एकै समयमा दुई महाधिवेशन भएर दुई एनआरएनएमा चारजना अध्यक्ष बनेका थिए । आगामी महाधिवेशनलाई भने एकताको महाधिवेशन बनाएर एकल नेतृत्व र चुस्त कार्यसमिति चयन गर्न प्रयास हुने बताइए पनि वर्तमान अध्यक्ष त्रयले कुनै पहल सुरु गरेका छैनन् । संघ स्रोत अनुसार उनीहरु १० औं महाधिवेशनकै इगो बोकेर हिडेका छन् ।

वर्तमान कार्यसमितिका तीन अध्यक्ष मध्ये कुल आचार्यले अब आफूले सबैलाई एकताबद्ध गराएर आगामी निर्वाचन सफल बनाउन लागिपर्ने बताएका छन् । उनले आफू फेरि अध्यक्षमा चुनाव नलड्ने घोषणा गरेका छन्।

अर्का अध्यक्ष डा केसीले पछिल्लो निर्वाचनमा आफूलाई मतदातासम्म जान नदिएको भन्दै एक पटक मतदाता समक्ष आफूले परीक्षा दिने भन्दै पुनः निर्वाचन लड्ने इच्छा जनाएका छन् ।

यध्यपी पछिल्लो महाधिवेशनमा तीनै जना अध्यक्षहरु ११ औं महाधिवेशनमा उम्मेदवार नबन्ने भद्र सहमति भएको मध्यस्थकर्ताहरुको दावी छ ।

यस्तै एनआरएनएभित्र उपाध्यक्ष डा। हेमराज शर्मा सबैभन्दा अनुभवी, क्षमतावान र सिनियर मध्येका हुन् । उनले यसअघि नै आफ्नो ध्यान अध्यक्ष हुनेतिर रहेको भन्दै आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरिसकेका छन् । डा। शर्माले अहिले आफ्नो ध्यान निर्वाचनमा भन्दा संस्थाको पुरानो शाखलाई कसरी फिर्ता ल्याउने र संस्थाभित्र एकता कायम गर्नेमा रहेको बताए । उनले गतनिर्वाचनहरुमा प्यानल बनाएर निर्वाचनमा जाँदा तल्लो तहसम्म संघभित्र विभान आएको अनुभव सुनाउदै अध्यक्षका आकांक्षीहरुले तत्काल उम्मेदवारी घोषणा गर्दा संस्था फेरि विभाजन आउनेतर्फ सचेत गराए । उनले सिनियर उपाध्यक्ष र अनुभवको आधारमा अध्यक्ष पदको आकांक्षी भए पनि सर्वसम्मतबाट आगामी नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।

संस्थाको मर्यादाक्रममा दोस्रो उपाध्यक्षमा रहेका डिबी क्षेत्रीसमेत भित्रीरुपमा आकांक्षी भए पनि मुख खोलेका छैन् । क्षेत्री भनेले संघको अध्यक्ष को बन्छ भन्ने महत्वपूर्ण कुरा होइन्, संस्थामा एकता कसरी कायम गर्ने भन्ने विषय मुख्य हुनुपर्छ । उनले आगामी ११ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने र नेतृत्व सर्वसम्मत चयन हुनुपर्नेमा जोड दिए । क्षेत्री गैरआवासीय नेपाली संघले गठन गरेको असन्तुष्ट पक्षसँग वार्ता गर्ने समितिका संयोजक समेत हुन् ।

संघका अर्का उपाध्यक्ष महेश श्रेष्ठसमेत संघको नेतृत्वको लागि दावेदार हुन् । संघको कोषाध्यक्ष हुँदा संस्थाभित्र आर्थिक अनुशासन कायम गरेर चर्चा बटुलेका श्रेष्ठ आफ्नो उम्मेदवारीको बारेमा आत्तरिक तयारीमा रहेको बुझिएको छ । डा। केसी, डा. शर्मा र श्रेष्ठ तीनै जना पूर्वअध्यक्ष जीवा लामिछाने निकट मानिन्छन् । कतिपयले तीन जनामध्ये एकजना उम्मेदवार हुने विश्वास लिएका छन् ।

पछिल्लो समयमा मध्यपूर्वले नेतृत्व पाउनुपर्ने दाबी गर्दै उपाध्यक्ष आरके शर्माले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । उनले संघको आगामी नेतृत्व मध्येपूर्वले पाउनुपर्ने भन्दै आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् ।

यस्तै कांग्रेसको अर्को समूहले डा। केशव पौडेल र सुनिल शाहलाई उम्मेदवार बनाउने तयारी गरेको छ । संघका महासचिव डा। पौडेलभन्दा जुनियर शाहले उम्मेदवारी घोषणा गरेपछि पौडेललाई अध्यक्षमा उठ्नै पर्ने दवाव रहेको छ । एनआरएनए अमेरिकाका एक पूर्व पदाधिकारीका अनुसार शाहले उम्मेदवारी दिएमा पौडेलले चुनावी तयारी थाल्ने भएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com