एनआरएनए निर्वाचन: मतदाता नामावली निर्वाचन समितिमा, कुनै विवाद छैन् : डा. बद्री केसी, अध्यक्ष

एनआरएनए निर्वाचन: मतदाता नामावली निर्वाचन समितिमा, कुनै विवाद छैन् : डा. बद्री केसी, अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १९ अक्टोवरमा हुने निर्वाचनको लागि मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार आइतवार साँझ बसेको उच्चस्तरिय समितिको बैठकले महाधिवेसन प्रतिनिधिको नाम सर्वसम्मतले पारित गरेर निर्वाचन समितिमा पठाएका हो ।

डा. केसीका अनुसार बेलायत, अष्ट्रेलिया, माल्टा लगायतका देशमा रहेको सामान्य विवादमा अध्यक्षका प्रत्यासीहरुबीच सहमति भए पछि प्रतिनिधिहरुको नाम निर्वाचन समितिलाई दिने निर्णय भएको हो ।

यसअघि संघको केन्द्रीय पदाधिकारी बैठकले कार्यकारी अध्यक्ष डा. बद्री केसी, अध्यक्षद्धय कुल आचार्य, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ, महासचिवद्धय गौरीराज जोशी र केशव पौडेल रहेको एक समिति गठन गरेको थियो ।

निर्वाचन कार्यातालिका अनुसार आइतवार नेपालको समय अनुसार दिउँसो २ बजेदेखि ५ बजेभित्र प्रारम्भिक मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको थियो । निर्वाचन समितिका सदस्य चिरन्जीबी ढकालले निर्वाचन कार्यतालिक हेरफेर सामान्य प्रकृया भएको बताए । ‘हामी समयमा नै निर्वाचन गराउछौं ढकालले भने अन्य निर्वाचन तालिका परिस्थिति अनुसार हेरेर भए पनि १९ तारिखमा हुने निर्वाचन भने कुनै पनि हालतमा तलमाथि हुदैन् ।’

निर्धारित समयमा मतदाता नामावली प्रकाशित गर्न नसकेपछि प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले आइतबार राति ८ बजे (नेपाली समय अनुसार) सूचना प्रकाशित गर्दै संघको सचिवालयबाट प्रारम्भिक मतदाता नामावली प्राविधिक कारणवस उपलव्ध गराउन नसकिएको व्यहोरा पत्राचार गरी जानकारी गराएको हुँदा प्रारम्भिक मतदाता नामावली प्रकाशन र सो सँगै सम्बन्धित कार्यतालिकाको विषयमा यथाशिघ्र अर्को सूचनामा जानकारी गराइने उल्लेख गरेका थिए ।

कार्यकारी अध्यक्ष डा. केसीले सोमवार विहान नेपालब्रिटेन डट कमलाई प्रतिनिधि छनोटमा कुनै विवाद नरहेको बताउँदै अब निश्पक्ष निर्वाचनको लागि बाटो खुल्ला भएको बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com