
काठमाण्डौं । गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने निर्वाचनमा लोकतान्त्रीक समूहबाट महासचिव पदमा दुई जनाले उम्मेदवारी दिने भएका छन्।
नेपाली कांग्रेसको समर्थनमा अध्यक्ष पदको लागि उम्मेदवार बनेका महेश कुमार श्रेष्ठले आफ्नो प्यानलमा सहमति जुटाउन नसक्टा उनकै प्यानलमा दुई खेममा देखिएको हो । विहिवार काठमाण्डौंमा आयोजित उम्मेदवारी घोषणासभामा श्रेष्ठका पक्षमा वर्तमान सचिव गंगाधार गौतम र एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदीले उम्मेदारी घोषणा गरेका थिए । महासचिवमा विवाद हुदाँ श्रेष्ठले आफ्नो प्यानल खडा गर्न सकेका छैनन् । सुवेदीलाई संघका अध्यक्ष कुल आचार्य र महासचिव डा. केशव पौडेलले समर्थन गरेका छन् ।
उत्ता संस्था वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसीले महासचिवमा गौरीराज जोशीलाई साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । उनी वर्तमान कार्यसमितिका महासचिव समेत हुन् ।
घोषणासभामा बोल्दै महासचिव पदका दावेदारद्धय गौतम र सुवेदीले अन्तिममा पदको लागि लचकता अपनाउने अभिव्यक्ति दिएका थिए ।