एनआरएनए निर्वाचन : १२ अक्टोवरबाट मनोनयन दर्ता, चुनाव १९ तारिख

एनआरएनए निर्वाचन : १२ अक्टोवरबाट मनोनयन दर्ता, चुनाव १९ तारिख
एनआरएनए निर्वाचन : १२ अक्टोवरबाट मनोनयन दर्ता, चुनाव १९ तारिख

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वको लागि मतदान अक्टोवर १९ तारिख विहिवार मतदान हुने भएको छ ।

संघको निर्वाचन समितिद्धारा प्रस्तावित निर्वाचन तालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता १२ देखी १४ तारिखभित्र अनलाइन र भौतिक रुपमा लिने तयारी गरिएको छ ।

अनलाइन मार्फत उम्मेदवारी दर्ता गर्न पाइने तर उम्मेदवार र प्रस्तावक हस्ताक्षर सानखत गर्न अनिवार्य भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित हुनु पर्ने छ ।

अनलाइन मार्फत दर्ता गरेका उम्मेदवारहरुले १६ तारिख ५ बजे सम्म भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ । भौतिक रुपमा उम्मेदवारी दर्ता गर्न चाहने उम्मेदवारले अक्टोवर १५ र १६ तारिख दिउंसो १ बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्ने छन् ।

उम्मेदवारको अन्तिम नामावली अक्टोवर १७ तारिख साँझसम्म प्रकाशन हुने भएको छ । मतदान समय १९ तारिख विहान नेपाली समय १० देखी ६ बजे सम्म भौतिक रुपमा काठमाण्डौंस्थित सोल्टि होटलमा हुनेछ । यस्तै अनलाइन मार्फत मतदान १९ तारिख विहान १२ बजे देखि साँझ ८ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ ।

गैरआवासीय नेपाली संघको विधानअनुरुप सो निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरु, प्रस्ताव र समर्थक समेत अनिवार्य रुपमा काठमाण्डौंमा भौतिक रुपमा उपस्थित हुन पर्ने प्रावधान रहेको छ ।

समितिका अनुसार २० सेप्टेम्बरका दिन मतदाताको पहिलो नामावली प्रकाशन गर्ने तयारी रहेको छ । मतदाताको अन्तिम नामावली २६ सेप्टेम्बरमा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ ।

निर्वाचन समितिले उम्मेदवारहरुको उम्मेदवारी शुल्क पनि सार्वजनिक गरेको छ । निर्वाचन समितिले कार्यतालिका औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन् । स्रोतका अनुसार आइतवार सम्म कार्यतालिका प्रकाशन गर्ने तयारी गरिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com