एनआरएनएले क्षेत्रीय प्रतिनिधि खटायो

एनआरएनएले क्षेत्रीय प्रतिनिधि खटायो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उपमहासचिव र सचिवहरुलाई थप जिम्मेवारी दिएको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले उपमहासचिवहरुलाई बैठकको निर्णय उतार्ने र फेस टु फेस बैठकहरु तय गर्ने जिम्मेवारी दिएको छ ।

थप जिम्मेवारी पाउने उपमहासचिवहरु डा. देवी बस्नेत (एशिया प्रशान्त), गणेश केसी (अमेरिका), ओम गुरुङ (एसिया प्यासिफिक), रामशरण सिम्खडा (युरोप), नारायण काफ्ले (ओसनिया), र विनय अधिकारी (अफ्रिका) खटाइएको छ ।

बैठकले संघको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) मा नआएका एनसीसीहरुलाई तत्काल सदस्यता वितरणको शुरुआत गर्न सहयोग गर्न सचिवहरुलाई जिम्मेवारी दिएको छ ।

एनसीसीमा खटिने सचिवहरुमा प्रवीण गुरुङ (मध्यपूर्व), चिरञ्जीवी घिमिरे (मध्यपूर्व), होम पाण्डे (ओशिनिया) अभिमान सिंघ बस्नेत (ओशिनिया), गोविन्द गौतम (युरोप)
डा अलिनी पोखरेल सुवेदी (युरोप), गंगाधर गौतम (अफ्रिका), खगेन्द्र न्यौपाने (एसिया प्यासिफिक), राधिका गुरुङ टिका (एसिया प्यासिफिक), शंखर खड्का (अमेरिका)
प्रमोद सिटौला (अमेरिका) र राजन त्रिपाठी (अफ्रिका) रहेका छन् ।

केन्द्रीय प्रतिनिधिहरुलाई क्षेत्रीय संयोजकहरुसंग सहकार्य गरि अघि बढ्न संघको बैठकले निर्देशन दिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com