जाजरकोट भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा

जाजरकोट भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा

लण्डन । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले गैरआवासीय नेपाली संघले हटलाइन सेवा संचालनमा ल्याएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन, भाइभर, व्हाट्सए वा टेक्ट् मार्फत सिधैं स्वास्थ्य विज्ञहरुसंग सम्पर्क गर्न सक्ने छन् । संघले सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट र एयसके फाउण्डेनशनको सहकार्यमा २४ सै घण्टा सो सेवा संचालनमा ल्याएको हो ।

यसअघि संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा भूकम्प पिडितको लागि राहत वितरण गर्न संघको टोली जाजरकोट तथा पश्चिम रुकुम तर्फ लागेको छ । संघले पहिलो चरणमा १ करोड बराबरको रातकोष स्थापना गर्ने निर्णय गरेकोछ ।

स्वास्थ्य सेवा सम्बन्धी हटलाइनहरु

डा. भूपेन्द्र मल्ल ९८४९६७९३०७

डा. शिवराम महतो ९८५२८३४७३०

डा. उज्ज्वल कुमार झा ९८६७३२५५५५

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com