एनआरएनए उपाध्यक्ष डा. शर्मा इजरायलमा

एनआरएनए उपाध्यक्ष डा. शर्मा इजरायलमा

इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्मा इजरायल आइपुगेका छन् । डा. शर्माले यहाँस्थित गैरआवासीय नेपालीहरुसंग शुक्रवार एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघको गिर्दो शाखको बारेमा चिन्ता व्यक्त गरे ।

डा. शर्माले नेतृत्वमा कमिकमजोरी भए पनि संस्थाको उदेश्य पवित्र भएको भन्दै आगामी दिनमा संस्थालाई कतातिर लैजाने भन्ने पंन्जिकृत सदस्यहरुको हातमा रहेको बताए ।

उनले गैरआवासीय नेपाली अभियानमा जोडिन र संस्थाको शाख बचाउनको लागि सदस्य बन्न अपिल गरे । उनले गैरआवासीय नेपाली संघको अभियानमा इजरायलमा रहेका नेपालीहरुले खेलेको भूमिको समेत चर्चा गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरी, संरक्षक दीपक ओली, आइसीसी सदस्य विशाल ज्ञवाली, महासचिव श्रीकृष्ण भण्डारी लगायतले आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरुले गैरआवासीय नेपाली संघको आगामी महाधिवेशन तथा नेतृत्वको बारेमा जिज्ञाषा राखेका थिए ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका डा. शर्माले यसअघि फ्रान्स्, बेल्जियम, चेक रिपब्लिक, प्रोर्चुगल लगायतका देशका गैरआवासीय नेपालीहरुसंग परामर्श गरेका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com