
काठमाडौं । ग्रेरगोरियन पात्रोअनुसार आज (आइतबार)देखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरु भएको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा देशभर एकआपसमा शुभकामना आदानप्रदान गरेर खुशीयाली साटासाट गरेर मनाइँदै छ । यहि अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आज शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संघले आज नयाँ वर्षको पहिलो दिन जुममार्फत शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको हो
उक्त जुम कार्यक्रममा सहभागीहरुले आ–आफ्ना प्रतिभाहरु पनि प्रस्तुत गर्न सक्ने छन् । उक्त कार्यक्रम नेपाली समय अनुसार साँझ ६ देखी ८ बजे जुम मार्फत आयोजना हुँदै छ भने उक्त कार्यक्रममा संघका केन्द्रीय पदाधिकारी तथा राष्ट्रिय समितिहरुको सहभागीता रहने जनाइएको छ ।