राहदानी विभागको टोली पोर्चुगल जाने

राहदानी विभागको टोली पोर्चुगल जाने
Published on
Updated on

काठमाडौँ । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल जाने भएको छ ।

विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रदान गर्ने राजदूत अधिकारीले बताए ।

विशेषतः पोर्चुगलको अध्यागमन र सीमा सेवा (सेफ) बाट अपोइन्टमेन्ट पाइसकेका तर राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएकाका लागि पहिलो प्राथमिकतामा सेवा प्रवाह गरिने उनले बताए । दूतावासका अनुसार राहदानीको म्याद सकिएका, राहदानी नष्ट भएका र राहदानी हराएकाहरूलाई सेवा प्रदान गरिने छ । एक महिने राहदानी सेवा शिविरका लागि लिस्बनको आन्जुसमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने तयारी भइरहेको अधिकारीले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com