एनआरएनए उपाध्यक्षमा रामशरण सिम्खडाले उम्मेदवारी दिने

एनआरएनए उपाध्यक्षमा रामशरण सिम्खडाले उम्मेदवारी दिने
Published on
Updated on

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा बेलायतका रामशरण सिम्खडाले उम्मेदवारी दिने भएका छन् । साे संघको अक्टोवर तेस्रो साता हुने ११ औं महाधिवेशनमा उनले सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

नेपालमा रहँदा यूएनडिपी लगायत अन्तराष्ट्रिय दातृ संस्था र बिभिन्न संघसंस्थाहरुको राष्ट्रिय सञ्जालमा काम गरेको अनुभवका आधारमा गैरआवासीय नेपाली संघमा आबद्ध हुन प्रेरणा प्राप्त भएको उनले बताए ।  उनले संघमा लामो समयदेखि प्राप्त गरेको अनुभव र आफ्नो क्षमताको आधारमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए । 

नेपाली डायस्पोरामा एउटा छुट्टै पहिचान बोकेका सिम्खडा सन् २००१ मा बेलायत बसाई सरेका हुन् । गैरआवासीय नेपाली संघको वर्तमान उपमहासचिव समेत रहेका सिमखडाले  गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद बेलायतको स्थापना गर्न अग्रणी भूमिकामा खेलेका थिए ।     

सन् २०११ मा गैरआवासीय नेपाली संघ बेलायतको राष्ट्रिय संयोजक (महासचिव) पदको जिम्मेवारी समालेका सिम्खडाले  २०१७–२०१९ मा गैरआवासीय नेपाली संघ बेलायतको तर्फबाट आइसीसी सदस्य रहेका थिए । उनले गैरआवासीय नेपाली संघभित्र बिमति, असमझदारी, विकृति छन्, यिनै चुनौतिहरुको सामना गर्न र सबैले सोचेजस्तो सुन्दर संस्था निर्माण गरी योगदान दिन आफू उत्सुक रहेको बताए ।  

संगठनभित्र आन्तरिक बिषयका ज्ञाता मानिने सिम्खडा संगठनलाई विधि अनुरुप सञ्चालन गर्न आन्तरिकरुपमा पनि अभियान चलाउने ब्यक्तिको रुपमा चिनिन्छन् । प्रत्येक बैठकका बिषयबस्तुमा अध्ययन र तर्कसहित प्रस्तुत हुने उनी यूके महासचिव हुँदा उनैको सोच र पहलमा स्थापित पत्रकारिता पुरस्कार लगायत च्यारिटीका काम गरेर चर्चा कमाएका छन् । 

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा मास्टर डिग्री हासिल गरेका छन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com