युरोपमा चम्किंदै रुबिना

युरोपमा चम्किंदै रुबिना

पुर्ख्यौली घर म्याग्दी, पर्बत को पाङ्ग मा हुर्किएकी रुबिना शर्मा अहिले बेल्जियममा अध्ययनरत छिन्। पोसनाथ शर्मा र राधा कुमारी शर्मा कि जेठी सुपुत्री रुबिना गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिब हुन्।

उनी बेल्जियममा रहेको याकटिभ इन्टरकल्चरल फेडेरेसनमा एडुकेसनल कोरडिनेटरकोरुपमा कार्यरत छिन्। भर्खरै २५ पुगेकी रुबिना बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्दथिन। उनी विदेशमा हुर्किदै गरेको नेपाली दोश्रो पुस्ताको अग्र पंक्तिमा छिन । रुबिनाले समाज रुपान्तरण प्रबिधि र युवापुस्ताको उपस्थितिले मात्र सम्भव हुने बताउँछिन।

संघको गत जुलाईमा सम्पन्न महाधिवेशनमा रुपान्तरणका लागि प्रबिधि र युवापुस्ता को एजेण्डा अघिसारेपछि सर्वसम्मत महासचिब बन्न सफल भइन। नेपाली, अंग्रेजी, डच, फ्रेन्च लगायत ७ भासामा पोख्त रुबिना सुरिलो स्वोर र आकर्षक व्यक्ति को रुपमा गैरआवासीय नेपालीहरु बीच चर्चा मा छिन। गैरआवासीय नेपाली संघको गत अक्टोबरमा सम्पन्न अन्तरास्ट्रिय महाधिबेसन मा पनि उनको सक्रिय सहभागिता थियो।

सानै देखि समाजसेवा मा आबद्ध रुबिनालाई उनको अविरुचिले यहाँसम्म पुराएको उनी बताउँछिन। आफूले यदि सानै भए पनि कसैलाई सहयोग गर्न सकिन्छ भने अवस्य पनि गर्नुपर्छ भन्ने उनको सोच रहेको छ। हाल महासचिवको कार्यभार कुशलतापुर्वक बहन गरिरहेकी उनको भावी योजना अर्को कार्यकाल गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा निर्वाचित हुने रहेको बताउँछिन।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com