एनआरएनलाई शेयर बजारमा भित्र्याउन अध्ययन कार्यदल गठन

एनआरएनलाई शेयर बजारमा भित्र्याउन अध्ययन कार्यदल गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश गराउन धितोपत्र बोर्डले अध्ययन कार्यदल गठन गरेको छ । एनआरएनएको लगानी भित्र्याउन बोर्ड अध्यक्ष रमेशकुमार हमालले कार्यदल गठन गरेका हुन् ।

बोर्डले नेपाल चार्टड एकाउन्टेन्ट संस्थाको प्रतिनिधित्व गरेका संचालक सुजनकुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको हो। काफ्लेसँगै समितिमा संचालक बोर्डका विज्ञ सदस्य भोलानाथ ढुंगाना पनि छन्। कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहाल छिन्। बोर्डको गत चैत १९ गते बसेको बैठकले समिति गठन गरेको हो।

समितिले आगामी तीन महिनाभित्रै एनआरएनलाई पुँजी बजारमा भित्र्याउने प्रावधान निर्माण गर्ने छ। उनीहरुको सहभागितालाई प्रोत्साहन गर्नेगरी नियमावली निर्माण गर्नेछ। कानुनी प्रावधान र विद्यमान व्यवस्थालाई समितिले अध्ययन गरेर प्रक्रिया सुझाउनेछ। नियमावली कार्यान्वयनमा हुनसक्ने कठिनाई पहिचान गरी सोको लागि आवश्यक कार्यविधि पनि तयार पार्नेछ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com