एनआरएनए निर्वाचनमा पराजित समूहले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको वदनाम गर्‍यो : डा. हेम राज शर्मा, उपाध्यक्ष

एनआरएनए निर्वाचनमा पराजित समूहले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको वदनाम गर्‍यो : डा. हेम राज शर्मा, उपाध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले २०८४ सालमा हुने आम निर्वाचनलाई हेरेर नेपालका राजनीतिक दलहरुले संस्थाभित्र हस्तक्षेप गरेको दावी गरेका छन् ।

डा. शर्माले शनिवार सुनौलो अनलाईन टिभिलाई दिएको एक अन्तरवार्तामा सरकार गैरआवासीय नपालीहरुको संरक्षक हुनु पर्नेमा संस्था भित्र राजनीति गर्न उत्रिएको बताए ।

उनले गैरआवासीय नेपाली संघको अक्टोवरमा सम्पन्न निर्वाचनको परिणाम नमान्ने घोषणा लोकतन्त्रको मर्म विपरित भएको बताए ।

उनले गैरआवासीय नेपाली संघको निर्वाचनमा करोडौं रुपैयाँ खर्च गर्नुको पछाडि ठूलो स्वार्थ भएको बताए ।

उनले नेपालका राजनीतिक दलका विदेशमा रहेका भातृसंस्थाले डायस्पोरालाई दुःख दिएको बताए । उनले गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालमा ठूला तथा साना लगानी भित्रिएको बताए ।

डा. शर्माले एनआरएनए निर्वाचनमा पराजित समूहले नियोजित रुपमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको वदनाम गर्ने काम गरेको बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com