नेपाली दूतावासद्वारा बहराइनमा डा. रुइतको सम्मान

नेपाली दूतावासद्वारा बहराइनमा डा. रुइतको सम्मान

बहराइन । मानवताको सेवाका लागि इसा पुरस्कार विजेता नेपाली नेत्र रोग विज्ञ डा. सन्दुक रुइतको सम्मानमा नेपाली दूतावास बहराइनले विहीवार बहराइमा एक स्वागत कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले नेपाली नेत्र रोग विशेषज्ञ डा. रुइतले प्राप्त गर्नु भएको इसा पुरस्कारले विश्व भरिनै नेपालीहरुको शिर उच्च पार्ने काम गरेको बताए ।

राजदूत वाग्लेले नेपाली नेत्र रोग विशेषज्ञ डा. रुहितलाई प्राप्त इसा पुरस्कारका लागि नेपाल सरकार, नेपाली दूतावास बहराइन र बहराइनमा रहेका नेपाली समूदायका तर्फबाट बहराइनका राजा र इसा पुरस्कार छनौट समितिलाई धन्यवाद दिए । यो पुरस्कारले नेपाल र बहराइनवीचको सम्वन्धमा समेत नयाँ आयाम थपेको बताउँदै उनले डा रुइतलाई सहभागी गराएर आँखा शिविर गर्न विभिन्न अन्तराष्ट्रिय समूदायबाट चासो व्यक्त भएको बताए ।

नेपाली नेत्र रोग विज्ञ डा. सन्दुक रुइतले भविश्यमा अगाडी बढ्न पुरस्कारले थप प्रेरणा मिलेको बताए । सो अवसरमा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्टले डा. रुइतले प्राप्त गर्नु भएको इसा पुरस्कारले नेपालीहरुको इज्जत बढाएको बताए । कार्यक्रममा नेपाली क्लब बहराइन र बहराइनस्थित विभिन्न नेपाली संस्थाहरुको तर्फबाट डा. रुइतलाई सम्मान गरिएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com