'असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग गरे'

'असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग गरे'

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्षले असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग गरेर पत्रकार सम्मेलन बोलाएको बताएको छ । संघका प्रवक्ता फणीन्द्र पन्तले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त पत्रकार सम्मेलनको संघको आधिकारिक नभएको उल्लेख गरिएको छ ।

‘गत अक्टोबरमा संघको निर्वाचनमा उपविजेता हुँदाहुँदै पनि आफूले आफैँलाई पदाधिकारी भनि स्वघोषणा गरी यस संघको गरिमामा आँच पुर्याउँदै आएको समूहमार्फत भइरहेका यस्ता अनधिकृत गतिविधिबाट सचेत रहन समेत हामी अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संस्थाको लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग नगर्न पनि सचेत गराइएको छ । एनआरएनएभित्र गत ११ औँ महाधिवेशनपछि विवाद चर्किएको छ । महाधिवेशनबाट बद्री केसी निर्वाचित भएपनि उनले धाँधली गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । यस्तै असन्तुष्ट पक्षले आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी बनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com