सलमानलाई फ्यानको विवाह प्रस्ताव

सलमानलाई फ्यानको विवाह प्रस्ताव

भारतीय अभिनेता सलमान खानलाई कार्यक्रममा बीचैमा एक महिला फ्यानले विवाहको लागि प्रस्ताव राखेकी छिन् । सलमान हाल ‘किसी का भाई किसी की जान’ फिल्मको लागि दुबईमा छन्, जहाँ उनी एक कार्यक्रममा सहभागी भएका थिए । यसै क्रममा एक फ्यानले उनलाई विवाहको प्रस्ताव राखेकी थिइन् ।

विवाहको प्रस्ताव राखेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा सलमान हजारौंको भिडमा स्टेजमा देखिएका छन् । यस क्रममा उनी फ्यानसँग सेल्फी खिचिरहेको देखिन्छ । त्यसपछि एक महिला फ्यानले ‘सलमान, मसँग बिहे गर’ भन्दै चिच्याइन् । यसको जवाफ दिँदै सलमानले भने, ‘अब अरूसँग गर ।’

हालै सलमानको फिल्म ‘किसी का भाइ किसीकी जान’ इदको अवसरमा हलमा रिलिज भएको थियो । तर, फिल्मले समीक्षक र दर्शकबाट खासै प्रतिक्रिया पाउन सकेन । फरहाद सामजी निर्देशित फिल्ममा पूजा हेगडे, शहनाज गिल, पलक तिवारी र वेंकटेश दग्गुबाती मुख्य भूमिका रहेको छ ।

राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्मले कमाई भने राम्रो गरिसकेको छ । अहिलेसम्म फिल्मले ४ दिनमा सय करोडको आँकडा पार गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com