शाहरुख खानको साथबाट भेटियो १८ लाखको घडी, लाग्यो ७ लाख जरिवाना

शाहरुख खानको साथबाट भेटियो १८ लाखको घडी, लाग्यो ७ लाख जरिवाना

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानको साथबाट १८ लाखको घडी फेला परेपछि ७ लाख जरिवाना गरिएको छ ।

मुम्बई एयरपोर्टमा तैनाथ एयर इन्टेलिजेन्स युनिट अर्थात एआईयू स्रोतका अनुसार शाहरुख गए राति शारजाहबाट फर्किएका थिए ।

उनीसँग १८ लाख रुपैयाँ बढीको घडी र कवरहरु पाईएपछि ६।८३ लाख रुपैयाँ भन्सार तिर्नुपर्ने भएको हो ।

शाहरुख र उनको म्यानेजर पूजा डडलानीलाई एयरपोर्टमा एक घण्टा लामो अपरेसन पछि छोड्न अनुमति दिइएको थियो, तर शाहरुखका अंगरक्षक रवि र टोलीका अन्य सदस्यहरूलाई हिरासतमा राखिएको थियो।

प्राप्त जानकारी अनुसार शाहरुखका अंगरक्षक रविले साढे ६ लाख रुपैयाँ बढी भन्सार तिरेका छन् ।

भन्सार प्रक्रिया पूरा गर्न आज बिहानसम्म समय लागेको थियो । बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार अधिकारीले रविलाई रिहा गरेका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com