आँचलको हिटम्यानको पोस्टर र टिजर रिलिज

आँचलको हिटम्यानको पोस्टर र टिजर रिलिज

नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने सिनेमाको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने सिनेमाका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । सिनेमा नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ सिनेमाको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् ।

टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन । पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । सिनेमाको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए । यो सिनेमामा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ ।

केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । सिनेमाले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ । आँचलले तेलुगू सिनेमा भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् । 99 सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com