अभिनेत्री आरती मित्तल यौन कार्यमा पक्राउ

अभिनेत्री आरती मित्तल यौन कार्यमा पक्राउ

मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई यौन कार्यमा संलग्न भन्दै सोमबार पक्राउ गरेको छ ।

आरतीमाथि फिल्म उद्योगमा यौन धन्दा चलाउने, ग्राहकलाई मोडल आपूर्ति गराउने आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्च युनिट ११, डिन्डोशी प्रहरीले भारतको गोरेगाउँ क्षेत्रमा चलिरहेको यौन कार्यको पर्दाफास गरेको छ । प्रारम्भिक अनुसन्धानपछि, आरती मित्तल विरुद्ध आईपीसी धारा ३०७ र अवैध ओसारपसार र यौनकार्यको अन्य धाराहरु अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरी अधिकारीले आफैंले उक्त क्षेत्रमा एक कर्मचारीलाई नक्कली ग्राहक बनाएर पठाएका थिए जसले सम्पूर्ण घटना रेकर्ड गरेको थियो । त्यसपछि प्रमाणसहित आरतीमाथि मुद्दा दर्ता भएको हो ।

सोही कार्यमा अन्य दुई मोडल पनि पक्राउ परेका छन्, जसलाई प्रहरीले उद्धार गरी पुनर्वास केन्द्रमा पठाएको छ । आरतीले ती दुई महिलालाई १५ हजार भारतीय रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

आरतीले आफूले ग्राहकमार्फत एक महिलाबाट ६० हजार रुपैयाँ लिने गरेको प्रहरीसामु बताएकी छिन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com