गायिका कल्पनालाई सन्दिपसँग नाच्न मन लागेपछि

गायिका कल्पनालाई सन्दिपसँग नाच्न मन लागेपछि

गुल्मी । गायिका कल्पना कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैमा’ सार्वजनिक भएको छ । मंसिर महिना बिहे गर्नेहरुका लागि उत्तम लगनको महिना हो ।

यस महिनामा धेरैको बिहे हुने गर्दछ । यहिँ लगनको महिनालाई मध्यनजरमा राखेर गायिका कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैम’ सार्वजनिक भएको हो ।

गीतमा बाजा तालैमा नाच्न मन लागेको कथा वस्तुमा तयार भएको छ । बाजा तालमा नाच्ने र लैजाने गीतमा शब्द भाव रहेको छ । लगनको महिनामा नाच्नेहरुका लागि तयार भएको गीतमा गायिका कल्पना कुसुम र गायक सन्दिप न्यौपानेको स्वर रहेको छ । रविन लामिछानेको शब्द रहेको गीतमा श्रीधर अधिकारीको लय रहेको छ ।

गीत कल्पना कुसुमको युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गायिका कुसुमका यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक भएका छन् । ती गीतहरु निकै लोकप्रिय बनेका थिए । यसपटक सार्वजनिक भएको गीत पनि धेरै दर्शक श्रोताले मन पराउने गायिका कल्पनाले बताइन् ।

अहिले सार्वजनिक भएको पञ्चे बाजाको गीतमा माया प्रेमका कथा वस्तुमा तयार भएको छ । गीतमा युवा पिडीलाई लक्षित गरेर गीत सार्वजनिक भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com