तेस्राे बिबाह गर्दै अमिर खान !

तेस्राे बिबाह गर्दै अमिर खान !
MSI

मुम्बइ । अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् ।

यसै क्रममा दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । यसै क्रममा टविटरमा के आरकेले बलिउड अभिनेता आमिर खानले आफ्नी सह कलाकार अभिनेत्री फातिमा सनासँग विवाह गर्ने नयाँ दाबी गरेका छन्, जुन उनको तेस्रो विवाह हुनेछ ।

वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि फ्यानले आमिर खान र फातिमा सनाको जोडीलाई हेरिरहेका थिए । यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो । यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन् । यो भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिएका छन् ।

तर अहिले केआरकेले ट्वीट गर्दै दावी गरेका छन् । उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन् । आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।’ यो ट्विट देखेपछि मानिसहरुले अभिनेतालाई ट्रोल र प्रतिक्रिया दिन थालेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com