अर्जुन कपूर र मलाइकाको इन्गेजमेन्ट पेरिसमा

अर्जुन कपूर र मलाइकाको इन्गेजमेन्ट पेरिसमा

भारतीय अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग पेरिसमा इन्गेजमेन्ट गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले पेरिसको एफिल टावर अगाडि अर्को साता इन्गेजमेन्ट गर्न लागेका हुन् ।

यसैबीच मलाइकाले पनि केही समयअघि सामाजिक सञ्जाल इन्स्टाग्रामबाट केही तस्वीर सार्वजनिक गरेकी छन् । उक्त तस्वीरमा मलाइका र अर्जुन मुस्कुराएको देखिएको छ। तस्वीर सार्वजनिक गर्दै मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘तपाईको मुस्कान र हाँसो निकै संक्रामक छ ।’

मलाइका र अर्जुन लामो समयदेखि एकअर्काको प्रेममा छन् । दुवैले सन् २०१९ मा सामाजिक सञ्जाल मार्फत आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा एकआर्का प्रति आफ्नो प्रेम व्यक्त गर्न सक्रिय देखिने यो जोडिले छिटै नै विवाह गर्ने बताएका छन् ।

मलाइका अभिनेता सलमान खानको भाई अरबाज खानसँग सम्बन्धबिच्छेद पश्चात अर्जुनसँग प्रेम सम्बन्धमा रहेकी हुन् । अरबाज र मलाइकाको एक छोर पनि छन् । जो छिटै बलिउडमा डेव्यु गर्ने तरखरमा छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com