‘चि मुसी चिः इभन डेड डिजायर बिल्ङ्गिङ’ आजबाट प्रदर्शनमा

चलचित्र चि मुसी चि को च्याप्टर टु बन्ने
 ‘चि मुसी चिः इभन डेड डिजायर बिल्ङ्गिङ’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिल्ङ्गिङ’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।

हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ । चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् ।

चलचित्र सार्वजनिक भइसकेपछि दर्शकहरुसँग सिनेमा हेरिसकेपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले नेपालमा बनेको हरर चलचित्रमध्ये यो फिल्म उत्केष्ट रहेको बताउनु भयो । उहाँले यसका लागि आफूले धेरै दुःख गरेको पनि बताउनु भयो ।

उहाँले च्याप्टर वान हेर्न आग्रह गर्दे च्याप्टर २ का लागि आफू एक्साइटेड रहेको बताउनु भयो । उहाँले फिल्म हलमा दर्शकहरुले धेरै साथ दिएको बताउनु भयो । त्यस्तै अभिनेता आयुष्मान देशराज जोशीले च्याप्टर २ को कथावस्तु पनि हेरिरहेको बताउनु भयो । फिल्ममा साउण्डले धेरै नै राम्रो गरेको बताउनु भयो ।

चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् । उनीहरुकै संयुक्त कथा एवं पटकथा रहेको चलचित्रको प्रश्तुतकर्ता अरुण चक्रवर्ती हुन् ।

यस चलचित्रमा रिञ्जु केसी र प्रश्तुतकर्ता अरुण चक्रवर्तीको लगानी छ । एकल प्रदर्शनको अवसर पाएको ‘चि मुसी चि’लाई मल्टिप्लेक्स हलहरुले सुखद् शो दिएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com