फिल्म ‘केरला स्टोरी’ लाई लिएर झडप, एक जनाको मृत्यु आठ घाइते

फिल्म ‘केरला स्टोरी’ लाई लिएर झडप, एक जनाको मृत्यु आठ घाइते

भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ काे विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ । झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । त्यसक्रममा प्रहरीले १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

बीबीसीका अनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’ लाई लिएर सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो । दुई व्यक्तिबीच कुराकानीको स्क्रिनसटलाई इन्स्टाग्राममा सार्वजनिक गरेपछि विवाद चर्किएको थियो ।

प्रहरीका अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो । स्थिति नियन्त्रणमा लिन अधिकारीले इन्टरनेट सेवा अवरुद्ध गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छिन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com