जेरी र शंकरबीच सम्बन्धविच्छेद

अलग्गिए जेरी र शंकर
 जेरी र शंकरबीच सम्बन्धविच्छेद

काठमाडौं । लोक तथा दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

आज काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताउनुभएको छ ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

शंकरले भन्नुभयो, ‘सम्बन्ध टुंग्याउन मत त थिएन, तर वैचारिक मतभिन्नता भएपनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com