फिल्म निमात्री नमिताले ल्याइन् ‘चाइने जो रेलिमाइ’

फिल्म निमात्री नमिताले ल्याइन् ‘चाइने जो रेलिमाइ’

काठमाडौं । नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। 

लोकपप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ।

कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिएका छन् दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले। राइराम पिक्चर युट्युबमार्फच रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। 

गीतमा चर्चित रियालिटी शो कमेडी च्याम्पियन प्रस्तोता रिमा विश्वकर्माले बिजु पार्कीसँग अनस्क्रिन रोमान्स गरेकी छन्।  

औंसीको रातमा टहटह टल्किने मै हुँ जुन

मै भएपछि केलाई चाइयो तिमीलाई चाँदी सुन

चाइने जो रेलिमइ नजरैले हान

हेर्दा आकर्षक र सुन्दा फिल्मी शैलीको लाग्ने यो गीतको कोरियोग्राफी टिकटकमा डान्समार्फत चर्चित सन्जय विश्वकर्माले गरेका हुन्। उनलाई म्युजिक भिडियोमा कोरियोग्राफी गर्ने अवसर जुराएका हुन् म्युजिक भिडियोका निर्देशक बिजी आग्रीले। 

सुन्दर परिवेशमा तयार पारिएको भिडियोको छायांकन गरेका हुन् ज्ञानेन्द्र शर्माले । भिडियोको सम्पादन तथा रंग संयोजन सम्पादक टेकेन शाहले गरेका हुन्। 

प्रवासमा बसेर पनि नेपाली कला, संस्कृति र पहिचानलाई माया गर्ने गायक दिपेश श्रेष्ठले यसअघि पनि ‘उडी उडी’ बोलको गीतमा आवाज दिएका थिए। 

हाल थाइल्याण्डमा बस्दै आएका श्रेष्ठ नेपाली गीत, संगीतलाई विदेशी भूमीमा पनि विस्तार र प्रचार गर्ने कार्यमा लागिरहेका छन्। 

तिमी भएसी मलाई पनि चाइँदैन चाँदी सुन

अब तिमीले छान्नुपरे कुन चाइँ राम्रो भन

चाइने जो रेलिमइ नजरैले हान

युगल स्वरमा ल्याइएको गीतको भिडियो आम दर्शकमाझ ल्याउने भूमिका निर्वाह गरेकी हुन् निर्माता नमिता शर्माले । मेकअप आर्टिस्ट मात्रै नभएर कुनै समय फिल्म निर्मातासमेत रहेकी शर्माले ‘चाइने जो रेलिमाइ’लाई दर्शक स्रोतामाझ कुशलतापूवर्क पस्कन महत्वपूर्ण भूमिका निभाएकी छन्।

आफू र दिपेश श्रेष्ठ मिलेर निकट भविश्यमै पुनः चलचित्र निर्माण गर्ने योजना पनि उनले बुनेकी छन्।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com