'आमा तिम्रो तस्विर दैलैमा' मा हेमन्त र रमा

'आमा तिम्रो तस्विर दैलैमा' मा हेमन्त र रमा
OS NEPAL
Published on
Updated on

काठमाडौं । आमाको महिमा वर्णन गरिएको 'आमा तिम्रो तस्विर दैलैमा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा स्वर गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको   रहेको छ भने शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ । गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म स्पर्शी अभिनय देख्न सकिन्छ । 

भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक सुख दु:खमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक शैलीमा देखाइएको छ । आमाको   अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।

भिडियो लिंक https://youtu.be/yjC_EsMRANE

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com