जान्ह्वी कपुरलाई हिरोसँग डेट गर्न आएन मजा

जान्ह्वी कपुरलाई हिरोसँग डेट गर्न आएन मजा

मुम्बई । अभिनेत्री जान्ह्वी कपुरले हिरोसँगको डेटिङको अनुभव सुखद नरहेको बताएकी छिन् । उनले करण जौहरसँगको एउटा टेलिभिजन कार्यक्रममा बोल्दै हिरोसँग रोमान्स गर्दा प्रतिस्पर्धाको भावना आउने र आफू आफैँ रहने नपाउने बताएकी छिन् ।

‘यो पेशामा तपाईँले आफूलाई नै धेरै समय खर्चनुपर्ने हुन्छ । त्यसैले यस्तो पार्टनर ठीक हुनेरैछ जसले तपाईँलाई आफ्ना क्षणहरु बाँच्न देओस् । तर हिरोहरु चाहिँ प्रतिस्पर्धीको व्यवहार देखाइहाल्नेरैछन् । एकदमै अराजक हुनेरहेछ,’ जान्ह्वीको भनाइ थियो ।

‘धडक’बाट डेब्यु गरेकी जान्ह्वीले सोही फिल्मका हिरो इशान खट्टरसँग डेट गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध फिल्म रिलिजसँगै सकिएको थियो । अहिले जान्हवीले शिखर पहरियासँग डेट गरिरहेको स्वीकार गर्ने गरेकी छिन् । करनकै सोमा पनि उनले स्पिड डायलको सूचीमा बुबा बोनी कपुर र बहिनी खुसी कपुरसँगै शिखरको नम्बर रहने खुलासा गरेकी थिइन् ।  

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com