‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता बने करण राई

 ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता बने करण राई

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।

करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन् ।


त्यस्तै टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बनेका छन् । दर्शकहरुको भोटको आधारमा विजेता घोषित गरिएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com