मेलिना र कृष्णले ल्याए अलि अलि

मेलिना र कृष्णले ल्याए अलि अलि

काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक गीत 'अलि अलि'को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द किशोर पोखरेलको रहेको छ भने संगीत सरोज पोखरेलको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र कामना फगामी मगर बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन्। मिंग्मा शेर्पा सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो। भिडियो 'बेजिला फिल्म्स'को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com