‘घुम्तीमा जुधेको आँखा’मा मिरुना र रोशनको छमछमी

‘घुम्तीमा जुधेको आँखा’मा मिरुना र रोशनको छमछमी

काठमाडौं । गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ ।  

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।रोमान्टिक शैलीमा तायर पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।

जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयमले गरेका हुन् । गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com