शाहरूखको 'डंकी'को भन्दा प्रभासको 'सालार'काे टिकट बढी बुकिङ

शाहरूखको 'डंकी'को भन्दा प्रभासको 'सालार'काे टिकट बढी बुकिङ

मुम्बइ । आगामी २१ र २२ डिसेम्बरमा फ्यानहरूको प्रतीक्षा क्रिसमसको भन्दा बढि छ किनभने शाहरुख खानको २०२३ को तेस्रो फिल्म डंकी र प्रभासको बहुप्रतिक्षित फिल्म सालार रिलिज हुँदैछ। 

यी चलचित्रको क्रेज सामाजिक सञ्जाल हेरेर अनुमान गर्न सकिन्छ । अहिले अग्रिम बुकिङको मामिलामा पनि यी दुई फिल्मबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ । 

यसैबीच बुक माई शोको डिङ्की र सालारको पहिलो २४ घण्टामा बिक्री भएको टिकटको तथ्याङ्क बाहिर आएको छ, जसमा को–को अगाडि छ भन्ने प्रष्ट देख्न सकिन्छ ।

वास्तवमा, बुक माई शोमा ड‌की  र सालारको अग्रिम बुकिङ टिकटको तथ्यांक सार्वजनिक भएको छ, जसअनुसार सालार शाहरुख खानको डंकीको भन्दा धेरै अगाडि गएको छ । 

तथ्याङ्क अनुसार बुक माई शोमा २४ घण्टामा सालारको ३७.७६ हजार टिकट बिक्री भइसकेको छ भने उही समयमा शाहरुखको डङ्कीको २८ लाख ५३ हजार मात्रै टिकट बिक्री भइसकेको छ । यद्यपि, यो संख्या एउटा प्लेटफर्मको लागि मात्र हो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com