पल शाहले पाए पूर्ण सफाइ, भोलि रिहा हुदै

पल शाहले पाए पूर्ण सफाइ, भोलि रिहा हुदै

काठमाडौँ । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्ती करणीको अभियोगमा पूर्ण सफाई दिएको छ। शाहलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाई दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो ।

बाल यौन दुर्व्यवहारमा शाहलाई २ वर्ष ६ महिना कैद र पीडितलाई १० लाख क्षेतीपुर्ती भराउने आदेश भएको थियो । जिल्ला अदालतको सो आदेश विरुद्ध शाह उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए।

साथै सरकारी वकिलको तर्फबाट भने जबरजस्ती करणीको अभियोगलाई कम गर्दै बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्ने फैसला नमिलेको भन्दै जबरजस्ती करणीमा दोषी ठहर गर्नु पर्ने माग सहित पुनरावेदन गएका थिए।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधर कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाई दिएको छ।

साहविरुद्ध नवलपुर तथा तनहुँ जिल्लामा एकै नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दुई मुद्दा दायर भएको थियो। नवलपुर अदालतले उनलाई बलात्कार अभियोगमा सफाई दिँदै, बालयौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गरेको थियो। त्यस्तै तनहुँ अदालतले भने शाहलाई पूर्ण सफाई दिएको थियो।

उच्च अदालतले नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाई दिएको छ। यसै साथ उनी रिहा हुनेछन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com