बलिउड अभिनेता सांगेसंग `ऐरी’ मा काम गर्दै प्रदीप

बलिउड अभिनेता सांगेसंग `ऐरी’ मा काम गर्दै प्रदीप

काठमाडौं । फिल्म ‘ऐरी’मा बलिउड तथा भुटानी अभिनेता सांगे सेल्ट्रिम मुख्य भूमिकामा देखिने भएका छन् । फिल्ममा पहिलो पटक अभिनेता प्रदीप खड्का उनी संग सहकार्य गर्दै छ्न् ।सांगेलाई फिल्ममा भित्राउन लाग्नुको पछाडि निर्माण टिमको दुईवटा उद्देश्य पनि छ ।

पहिलो, उनी भुटानी नागरिक भएकाले त्यहाँ फिल्म रिलिज गर्न सहज हुनेछ । दोस्रो, उनी भुटानको प्रतिष्ठित ओटीटी प्लेटफर्म ‘सांग्रिला’मा पनि आबद्ध छन् ।मल्टीमेटका सञ्चालक जीवन थापाको निर्देशनमा तयार हुन लागेको ‘ऐरी’ हिन्दी, अंग्रेजी, तमिल र नेपाली भाषामा निर्माण हुनेछ ।

फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले निर्माण गर्नेछन् । सुवास र प्रशान्त भारतीय निर्माता हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com