अस्मिताको 'लभ पर्ला जस्तो छ'मा प्रियंका र नाजिरको रोमान्स

अस्मिताको 'लभ पर्ला जस्तो छ'मा प्रियंका र नाजिरको रोमान्स

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा तयार लभ पर्ला जस्तो छ बोलको गीतको भिडियो गरिएकाे भएको छ ।  सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र  मिक्स तथा मास्टरिङ  किशोर थापाको रहेको छ । 

छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनले अभिनय गरेका छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले एक प्रेमील जोडीको प्रेम कथालाई कलात्मक शैलीमा निर्देशक दिनेश माङ्मु लिम्बूले भिडियो तयार पारेका हुन् ।

राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com