राजेश हमाललाई १ लाख राशिसहित ‘महानायक सम्मान’

राजेश हमाललाई १ लाख राशिसहित ‘महानायक सम्मान’

काठमाडौँ । अभिनेता राजेश हमाललाई १ लाख राशिसहित ‘महानायक सम्मान’ प्रदान गरिएको छ ।

शनिबार ‘चौंथो एपिक म्युजिक अवार्ड २०७९’ समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हमाललाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित उक्त सम्मान प्रदान गरेका हुन् ।

भक्तपुरमा आयोजना गरिएको समारोहमा अन्य कलाकारहरूलाई समेत ओलीको हातबाट अवार्ड प्रदान गरिएको छ । थुप्रै चर्चित कलाकारहरू म्युजिक अवार्ड कार्यक्रममा पुगेका थिए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका(४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले अवार्ड कार्यक्रमको आयोजना गरेको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com