रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक

रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक
ICOMP

काठमाडौं । गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी“ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ । 

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ । रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ ।

यस गीतको निर्माता कुशल गुरुङ हुन् । कमल सिंह र बिना राउतको अभिनय रहेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com