डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक

डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक

मुम्बई । भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा विराट र सईको ट्रयाक सकिन लागेको छ । अब यो शो २० वर्षको लीपसँग अघि बढ्नेछ । यो शोमा अब बलिउड सुन्दरी अभिनेत्री रेखा पनि जोडिँदै छिन् । शोका लागि रेखा नयाँ प्रोमोको सुटिङ गर्दैछिन् । यो प्रोमो सुट गर्नका लागि उनले १० करोड पारिश्रमिक लिएकी छन् ।

उनले आइतबार शोको प्रोमो सुट गर्नेछिन् । रेखालाई यो शोको प्रोमोमा विशेष भूमिकाका लागि बोलाइने छ । कथाको सुरुवातमा शोको सार बुझाइने छ । यो प्रोमो केबल डेढ मिनेटको मात्र हुनेछ ।

यसअघि पनि उनलाई यो शोको प्रोमो सुटका लागि बोलाउँदा उनले ७ करोड पारिश्रमिक लिएकी थिइन् । नयाँ प्रोमोमा रेखाले आउने पुस्ताको परिचय दिनेछिन् । उनले कथामा आउने ट्वीस्ट र टर्नको बारेमा पनि जानकारी दिनेछिन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com