समीक्षाको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ सार्वजनिक

समीक्षाको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ सार्वजनिक

गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ को भिडियोसहित सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अधिकारीसँगै गायिका सुनिता बुढा क्षेत्री र गायक सुवास खत्रीको पनि स्वरमा रहेको छ ।

‘रुदै हिड्नु पर्छ’ बोलको लोक तथा दोहोरी गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ । गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय रहेकाे छ ।

गीतमा परदेशी भूमिमा जिवनमा सुनौला सपना बोकेर हिडेका युवाहरुको पिडा र व्यथालाई समेटिएको छ ।

विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नविन धर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युटुव च्यानलमार्फत बजारमा ल्याइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com