लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रीता थापा निर्विरोध निर्वाचित

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रीता थापा निर्विरोध निर्वाचित

काठमाडौं । लोक गायिका रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै प्रतिष्ठानले पहिलो पटक महिला नेतृत्व पाएको हो ।

उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघिदेखि सक्रिय मगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा शिव हमाल, उपमहासचिवद्वयमा हरि डाँगी र शिरिष देवकोटा, अमृता अधिकारी कोषाध्यक्षमा तथा जमुना राना महिला सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठानमा कुल ७५ पदमा निर्वाचन भएकामा ३८ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्ष खुल्ला, सचिव भूगोल गण्डकी प्रदेश, सचिव खुल्ला, सहकोषाध्यक्ष खुल्ला, महिला सदस्य, खुल्ला सदस्य, सदस्य भूगोल प्रदेश १, सदस्य भूगोल गण्डकी प्रदेश, सदस्य भूगोल लुम्बिनी प्रदेशका पदमा निर्वाचन हुँदैछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com