गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक

गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक

काठमाडौं । लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ ।

नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी ।  विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ ।

नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरेका हुन् ।

रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा निर्देशन युवराज वाइबाले गरेका हुन् । प्रेमी प्रेमिकाबीचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले  गरेका हुन् । प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।‘

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com