मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधान

मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधान

काठमाडौँ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्/सासाइन्स मा स्नातक छिन् ।

त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।

गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा अभया सुब्बाले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com