
यदि तपाईंले विगत केही दिनहरूमा टिक टक, इन्स्टाग्राम रिलहरू स्क्रोल गरिरहनुभएको छ भने, तपाईंले यो कचा बदम गीतमा सुन्नु भएकै होला । यो भाइरल कचा बदाम गीतको अर्थ के तपाई पनि सोच्दै हुनुहुन्छ ? चिन्ता नगर्नुहोस्, हामी तपाईलाई ठ्याक्कै त्यहि बताउन यहाँ छौं।
कच्चा बदाम गीत के हो ?
भुवन बड्याकर नामक मूंगफली विक्रेताको गीत कच्चा बदम हो। यो यति चर्चित भएको छ कि हजारौं प्रयोगकर्ताहरु अहिले काचा बदाम डान्स च्यालेन्जमा सहभागी भइरहेका छन्। नेपालमा मात्रै होइन भारत, दक्षिण कोरिया र तान्जानियाका मानिसहरू पनि कच्चा बदामको तालमा डुबेको देखिन्छ।
भाइरल कचा बदाम गीतको अर्थ
गीतको अर्थ के हो भन्दा पहिले , यो कसरी सुरु भयो भनी जानौं । भुवन बड्याकर पश्चिम बंगालको वीरभूम जिल्लाको लक्ष्मीनारायणपुर पञ्चायतको कुरलजुरी गाउँमा बस्छन्।
उनी बदाम बेच्न सहरका विभिन्न भागमा पुग्छन् । अन्य धेरै सडक विक्रेताहरू जस्तै, भुवनले पनि ग्राहकहरूलाई आकर्षित गर्न गीत गाउँछन् । तर अरु भन्दा फरक उनको गीत कचा बदाम भाइरल भयो ।
यस्तो छ कच्चा बदाम गीतको शब्द
पैर चुरा, हाथर बाला, ठके जोडी सिटी गोल्ड एर चेन, दिए जाबेन , ताते शोमन शोमन बदाम पबेन ।
गीतको शाब्दिक अर्थ हो,
यदि तिमीसँग चुरा, नक्कली चेन छ भने तिमी मलाई देउ , म तिमीलाई त्येही बराबरको बदाम दिन्छु, अनि भुवनले त्यही गर्छ ।
भुवनले उतिनै मात्रामा बदामको सट्टा सानो सानो गहना र घरेलु सामानहरू मागेको छ ।
अहिले इन्टरनेटमा प्रयोगकर्ताहरुले टिक टकअनि रिल्स बनाउन यो गीतलाई रिमिक्स गरेका छन् ।