छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि हुने

 छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि हुने

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ ।

आज बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो ।

कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म छैटौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने बताउनु भयो ।

उहाँले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताउँदै विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिनुभयो ।

उहाँले यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने बताउनु भयो । महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिनेपनि बताउनु भयो । 

महोत्सवममा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ । 
 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com